गरिबी र रोगको दोहोरो मारमा पञ्चगावाँका अफरोज देवान

वीरगंज , ६ फागुन –

पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ पञ्चगावाँका अफरोज देवान गम्भीर रोगबाट पीडित भई घरमै जीवन–मृत्युको संघर्ष गरिरहनुभएको छ। आर्थिक अवस्था कमजोर भएकाले समयमै उपचार गराउन नसक्दा उहाँको स्वास्थ्य अवस्था दिनप्रतिदिन जटिल बन्दै गएको परिवारले जनाएको छ।

परिवारका अनुसार अफरोज देवान लामो समयदेखि रोगले थलिएका छन्। अस्पतालमा उपचारका लागि आवश्यक रकम जुटाउन नसक्दा चिकित्सकको सल्लाहअनुसार उपचार अघि बढाउन नसकिएको बताइएको छ। दैनिक ज्याला मजदुरीमै निर्भर परिवारका लागि उपचार खर्च जुटाउनु अत्यन्तै कठिन भएको छ।

स्थानीयवासीले आर्थिक अभावकै कारण एक नागरिकले ज्यान गुमाउन नपरोस् भन्ने भावनासहित सहयोगको अपिल गरेका छन्। “सानो सहयोगले पनि एउटा जीवन बच्न सक्छ,” स्थानीयको भनाइ छ।

सहयोग गर्न चाहनेका लागि कृषि विकास बैंक लिमिटेडमा अफरोज देवानको नाममा खाता खोलिएको छ।
खाता नं.: 0507305716760011
त्यसैगरी, eSewa (९८०७१३३१२५) मार्फत पनि सहयोग गर्न सकिने जनाइएको छ।

यस क्षेत्रका जनप्रतिनिधि, सखुवा प्रसौनी गाउँपालिका, वडा कार्यालय तथा देश–विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सहयोग वा कम्तीमा यो सन्देश सेयर गरेर साथ दिन परिवारले हार्दिक अनुरोध गरेको छ।

स्थानीय तहमा निर्वाचन गतिविधि चलिरहँदा समेत एक विपन्न नागरिक उपचार अभावमा छटपटाइरहनु दुःखद् विषय भएको भन्दै मानविय संवेदनाका आधारमा सबैको ध्यानाकर्षण गराइएको छ।

सम्बन्धित पोस्टहरुः