वीरगंज, ६ फागुन । पर्सा निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार विना जयसवाल कुर्मीले पर्सागढी नगरपालिका–९ मानवा बडेरवामा घरदैलो अभियान सम्पन्न गरेकी छन् ।
राष्ट्र, राष्ट्रियता र हिन्दु राज्य स्थापनाका लागि पार्टीको पक्षमा रहेको राप्रपाको एजेन्डाहरूबारे स्थानीय बासिन्दाहरूसँग अन्तक्र्रिया गरेकी छन् । हलो छापले मात्र नेपाललाई स्थिरता र समृद्धितर्पm लैजाने उनले बताइन् ।
कुर्मीको एजेन्डाहरू मुख्य रूपमा राष्ट्रिय एकता, सांस्कृतिक संरक्षण र विकासमा केन्द्रित छन् । उनले पर्सा क्षेत्रको समृद्धिका लागि स्थिर र स्पष्ट नेतृत्व आवश्यक रहेको बताउँदै विकास र सुशासनलाई आफ्नो मुख्य प्रतिबद्धता बनाएकी छन् ।
पर्सागढीका विभिन्न वडाहरू र हरदासपुर, चैनपुर र रघुनाथपुरमा कुर्मीले घरदैलो सञ्चालन गरिन् ।









