लुटपाटमा हातखुट्टा गुमाएका देवचन्द्र मुखियालाई आर्थिक सहयोग

सप्तरी,६ फागुन —

लुटपाटमा हातखुट्टा गुमाएर उपचार खर्च अभाव खेपिरहेका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३, सकरपुरा का ३५ वर्षीय देवचन्द्र मुखियाले आर्थिक सहयोग पाएका छन्।

कोइलाडी–४ का दिलिपकुमार मुखिया र मलेसियास्थित ईकोमेट्रिक्स कम्पनीका सन्तोष मुखियाको नेतृत्वमा संकलन गरिएको ६० हजार रुपैयाँ देवचन्द्रलाई हस्तान्तरण गरिएको हो। दिलिपकुमारले घरमै पुगेर रकम उपलब्ध गराएका थिए।

देवचन्द्र गत माघ १२ मा काठमाडौंबाट सिरहाको लहान जाँदै गर्दा लहान–ठाडी सडक खण्ड अन्तर्गत सखुवानन्कारकट्टी–५ मा टेम्पो चालक र दुई जनाले मिलेर लुटपाट गरेका थिए। घटनामा दायाँ हातखुट्टा गम्भीर चोट लाग्दा उपचारको क्रममा काट्नुपर्ने स्थिति आएको थियो।

उपचारमा अहिलेसम्म साढे ७ लाख रुपैयाँ खर्च भइसकेको छ भने घाउ निको नहुँदा थप उपचारका लागि आर्थिक सहयोग आवश्यक रहेको बताइएको छ।

सम्बन्धित पोस्टहरुः