अनुगमन टोलीद्वारा पर्सा २ की आजपा उम्मेदवार रन्जु साहलाई चेतावनी

प्रस,परवानीपुर,५ फागुन÷

प्रमुख साह नेतृत्वको आम जनता पार्टी( आजपा) बाट पर्सा क्षेत्र नं २ की उम्मेदवार रन्जुकुमारी साहलाई एक पटकको लागि चेतावनी दिएर आचारसंहित उलंघन नगर्न चेतावनी दिइएको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल नेतृत्वको अनुगमन टोलीले उनले चढेको भारतीय गाडीबाट आचारसहिता विपरित किसिमले झण्डा झुण्डयाएर हिडेको देखेपछि उनलाई संचेत गराइएको हो ।

यो घटना सोमवार दिउँसो पर्सागढी नगरपालिका क्षेत्रमा प्रचारप्रसार गर्न निस्केकी साहलाई झण्डा हटाएर एक पटकको लागि चेतावनी स्वरुप संचेत गराइएको उनले जनाए ।

उनको नेता कार्यकर्ताहरुले चढेको ४ वटै गाडीमा नियमविपरित किसिमले झण्डा टासिएर हिडिएको थियो ।

साथै,निर्वाचनमा भारतीय गाडी प्रयोगमा रोक लगाए तपानि उम्मेदवार साहको समुहले भारतीय गाडी प्रयोग गरेकोले चेतावनी दिएर छाडिएको उनले बताए । अब त्यस्तो गरेको पाइयो भने उम्मेदवारी रद्द हुने गरी सिफारिस गर्ने चेतावनी दिएर संचेत गराइएको हो ।

त्यही समयमा झण्डा तत्काल हटाउन र भारतीय गाडीको प्रयोग नगर्न सुझाव दिइएको थियो ।

त्यसैगरी,अन्य आचारसहित पालना भएको वा नभएको बारेमा सप्रजिअ विनोद पोखरेलको संयोजकत्वमा अनुगमन समिति बनाएर निगरानी गर्ने काम भइरहेको समेत उनले चर्चा गर्दै त्यसै प्रतिवेदनको अधारमा आवश्यक कारवाहीको लागि माथिल्लो निकायमा सिफारिस गर्ने समेत उनले बताए ।

प्रजिअ दाहालको नेतृत्वमा हाल सम्म पर्साको कुल ४४१ मतदान केन्द्र मध्ये ३४९ वटा मतदान केन्द्रको अनुगमन गरी स्थलगत रुपमा मतदान केन्द्रको अवस्था बारे अनुगमन समेत भइसकेको जानकारी गराए । पर्सामा कुल १६७ मतदान स्थल छन् । एउटा मतदानस्थलमा मतदाताको अनुपातमा बढिमा ४ वटा मतदान केन्द्रहरु निर्धारण भएका छन् ।

सम्बन्धित पोस्टहरुः