राइडर र क्यापिटल विजयी

प्रस,परवानीपुर,६ फागुन-

बारा,परवानीपुर–४ चैनपुरमा जारी चैनपुर प्रिमियर लिगमा आज पनि दुई खेल सम्पन्न भएको छ । डिपिएस स्कूल वीरगंजको चैनपुरको उत्तरपट्टि रहेको खेलमैदानमा पहिलो खेल रामटोल वारियर र विर्ता राइडर वीच भएको थियो ।

जसमा विर्ता राइडरले १ विकेटले रामटोल वारियारलाई पराजित गर्यो । टस हारी पहिले ब्याटिङ गरेको रामटोलले निर्धारित १६ ओभर खेल्दै ९ विकेटको क्षतिमा १४७ रन बनायो । १४८ रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रेको विर्ता राइडरले सबै ओभर खेलदै ९ विकेटको क्षतिमा १४८ रनको लक्ष्य भेटायो ।

उक्त खेलको उत्कृष्ट खेलाडी विर्ता राइडरका सुशिल पटेल घोषित भए । उनले २ विकेट लिनुको साथै विर्ता राइडरको पारीमा ५८ रन बनाएका थिए ।

त्यसैगरी, आज दिउँसो १ बजेपछि भएको दोस्रो खेलमा चैनपुर इगललाई चैनपुर क्यापिटलले ३ विकेटले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको चैनपुर इगलले निर्धारित १६ ओभरको खेलमा ९ विकेटको क्षतिमा १२८ रन बनायो । १२९ रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रेको चैनपुर क्यापिटलले १४ ओभरको समाप्तिमा ७ विकेटको क्षतिमा १२९ रन बनायो ।

उक्त खेलको उत्कृष्ट खेलाडी चैनपुर क्यापिटलको असरफ अलि घोषित भए । उनले ८० रन बनाएका थिए भने बलिगतर्फ ५ विकेट लिएका थिए । यो प्रतियोगितामा चैनपुर गाउँको ६ वटा टिम रहेको छ ।

सम्बन्धित पोस्टहरुः