रिलिफ सोसाइटी अफ कमर्सले संस्थाका संस्थापक महासचिव तथा पूर्व अध्यक्ष स्वर्गीय बिहारीलाल लाठको १४औँ पुण्यतिथिका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा आचार्यलाई दोसल्ला ओढाई सम्मानपत्रसहित सम्मान गरिएको हो । साहित्यकार आचार्य विगत पाँच दशकदेखि नेपाली भाषा तथा साहित्य, भोजपुरी भाषा–साहित्य, शिक्षण र पत्रकारिता क्षेत्रमा सक्रिय हुनुहुन्छ ।
मधेश विश्वविद्यालयका उपकुलपति डा दीपक शाक्य, वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि गौतम तथा संस्थाका अध्यक्ष योगेन्द्रप्रसाद यादवलगायतले संयुक्त रूपमा आचार्यलाई सम्मान गर्नुभएको थियो ।
सोही अवसरमा समाजका विभिन्न क्षेत्रमा योगदान पु-याउने जिल्ला निर्वाचन कार्यालय पर्साकी प्रमुख अनामिका रौनियार, योग प्रशिक्षक रामप्रसाद पण्डित, पाइलट सौरभ रौनियार, उद्यमी दिप्ती धुरका र शिक्षिका डा नेहा अग्रवाललाई पनि सम्मानपत्रले सम्मान गरिएको थियो ।
संस्थाका सल्लाहकार गणेशप्रसाद लाठले समाजमा उल्लेखनीय काम गर्दै आएका व्यक्तित्वलाई सम्मान गर्ने परम्पराको सुरुवात गरेको बताउनुभयो । उपकुलपति शाक्यले समाज निःस्वार्थ रूपमा योगदान गर्ने व्यक्तिलाई सम्मानित गर्नु उदाहरणीय र सराहनीय कार्य भएको बताउनुभयो ।
सम्मानित व्यक्तित्व आचार्यले सम्मानले आफूलाई थप हौसला र प्रोत्साहन मिलेको बताउनुभयो ।








