पर्सागढी नगरपालिका वडा नं.–७ रघुनाथपुरमा बुधवार आयोजित पार्टी प्रवेश कार्यक्रममा पर्सा क्षेत्र नं २ का नेकपा एमाले पार्टीका उम्मेदवार रिमा कुमारी यादवलाई समर्थन जनाउदै तेलीलगायत अन्य ब्यक्तिहरू पार्टी प्रवेश गरेका हुन् ।
पार्टी प्रवेश गर्नेहरूमा पर्सागढी नगरपालिका वडा न ८ का वडाध्यक्षका प्रत्यासी सुनिल चौधरी, वडा न ९ का वडा सदस्य हृदयनारायण गौरो समाजसेवी रामजनम चौधरी, दिपनारायण चौधरीलगायत रहेका छन ।
नवप्रवेशीहरूलाई नेकपा एमाले पार्टीका केन्द्रिय सदस्य तथा वीरगंज महानगरका पूर्व मेयर बिजय सरावगीले टीका तथा गम्छा ओढाई नयाँ पार्टीमा स्वागत गरेका थिए ।
कार्यक्रममा नेकपा एमाले पार्टीका नेता बिचारी यादव, क्षेत्र न – २ का उम्मेदवार रिमाकुमारी यादव, पर्सागढी का मेयर गोकर्ण पाठक, बहुदरामाईका मेयर सिंगासन साह, एमालेका नेता शिव पटेल, असलम आलम लगायत नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।








