बारा-३ मा रास्वपाका उम्मेदवार अरविन्द साहद्वारा सात-बुँदे एजेण्डा सार्वजनिक

बारा – फाल्गुन २१ गते हुने निर्वाचनका लागि बारा क्षेत्र नं. ३ बाट ‘घण्टी’ चुनाव चिन्ह लिएर मैदानमा उत्रिएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अरविन्द साहले आफ्नो महत्त्वाकांक्षी राष्ट्रिय एजेण्डा सार्वजनिक गर्नुभएको छ। प्रविधि क्षेत्रमा सफल उद्यमीको छवि बनाउनुभएका साहले ‘डिजिटल नेपाल र समृद्ध बारा’ को संकल्पसहित आफ्ना योजनाहरू अघि सार्नुभएको हो।

साहले सार्वजनिक गर्नुभएका मुख्य एजेण्डाहरू यस प्रकार छन्:

आधुनिक डिजिटल सार्वजनिक पूर्वाधार: सरकारी सेवालाई पूर्ण रूपमा पेपरलेस र प्रविधिमैत्री बनाउन आधुनिक डिजिटल पूर्वाधारको विकास गर्ने।

डिजिटल व्यापार, IT निर्यात र रिमोट रोजगारी: नेपाली युवाहरूलाई स्वदेशमै बसेर अन्तर्राष्ट्रिय स्तरको ‘रिमोट जब’ गर्न सक्ने वातावरण बनाउने र सफ्टवेयर निर्यात मार्फत विदेशी मुद्रा भित्र्याउने।

आधारभूत पूर्वाधार मजबुत बनाउने: डिजिटल सँगसँगै शिक्षा, स्वास्थ्य, र सडक जस्ता भौतिक पूर्वाधारको गुणस्तरमा कुनै सम्झौता नगर्ने।

AI, क्लाउड र डिजिटल अर्थव्यवस्था: आर्टिफिसियल इन्टेलिजेन्स (AI) र क्लाउड कम्प्युटिङको प्रयोग बढाएर देशको अर्थतन्त्रलाई आधुनिक बनाउने।

वातावरण संरक्षण र ऊर्जा रणनीति: दिगो विकासका लागि वातावरण जोगाउने र नवीकरणीय ऊर्जाको प्रयोगलाई प्राथमिकता दिने।

IT र पर्यटन – दोहोरो वृद्धि इन्जिन: सूचना प्रविधि र पर्यटन क्षेत्रलाई एकसाथ जोडेर आर्थिक समृद्धिको मुख्य आधार बनाउने।

उम्मेदवार साहका अनुसार यी एजेण्डाहरूले बाराको मात्र नभई समग्र देशकै आर्थिक कायापलट गर्न मद्दत पुग्नेछ। “हामीले परम्परागत राजनीतिबाट माथि उठेर अब प्रविधि र उत्पादनको राजनीति गर्नुपर्छ,” उहाँले भन्नुभयो।

सम्बन्धित पोस्टहरुः