गौरमा यात्रुवाहक बस दुर्घटना, सबै यात्रु सुरक्षित

वीरगंज , ८ फागुन –

रौतहटको गौर नगरपालिका स्थित पावर हाउस नजिक आज यात्रुवाहक बस दुर्घटनामा परेको छ। गौरबाट चपुरतर्फ जाँदै गरेको ना ८ ख ८७६३ नम्बरको बस अनियन्त्रित भई सडक किनारमा रहेको बिजुलीको पोलमा ठोक्किएको प्रहरीले जनाएको छ।

दुर्घटनाबाट बसको अगाडिको भागमा क्षति पुगेको छ भने ठक्करका कारण बिजुलीको पोल ढलेको छ। बसमा सवार सबै यात्रु सुरक्षित रहेको र केहीलाई सामान्य चोटपटक लागेको भए पनि गम्भीर मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय रौतहट ले जनाएको छ।

घटना लगत्तै स्थानीय बासिन्दा र प्रहरी टोली उद्धार तथा व्यवस्थापनमा खटिएका थिए। बिजुलीको तार बसमाथि खसेकाले थप जोखिम हुन नदिन तत्काल विद्युत् आपूर्ति बन्द गरिएको थियो। प्रारम्भिक अनुमानअनुसार तीव्र गतिका कारण बस अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने प्रहरीको भनाइ छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

सम्बन्धित पोस्टहरुः