वीरगंजको चोर्नीमा परागको चुनावी घरदैलो

वीरगंज , ८ फागुन –

उज्यालो नेपाल पार्टीका प्रतिनिधि सभा सदस्य उम्मेदवार रामकिशोर सिंह (पराग) ले आज वीरगंज महानगरपालिका वडा नम्बर ३२ को चिर्नी गाउँमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।

कार्यक्रमका क्रममा स्थानीयवासी र युवाहरूले विगतका पार्टी र उम्मेदवारहरूले अपेक्षित विकास गर्न नसकेको असन्तुष्टि व्यक्त गरेका थिए। उनीहरूले गाउँमा आधारभूत विकासको अभाव रहेको गुनासो राख्दै यस पटक सक्षम र परिणाममुखी नयाँ उम्मेदवारलाई समर्थन गर्ने प्रतिबद्धता जनाएका थिए।

उम्मेदवार सिंहले स्थानीय समस्या निर्वाचित भए लगत्तै प्राथमिकताका साथ समाधान गर्ने वाचा गर्दै गाउँ–गाउँमा शिक्षा, स्वास्थ्य र रोजगारीलाई पहिलो प्राथमिकता दिने बताएका छन्। उनले स्थानीय कलकारखानामा योग्य व्यक्तिहरूलाई रोजगारीमा प्राथमिकता दिने र वीरगंज–२० मा काम गर्दा प्राप्त अनुभवलाई संघीय संसदसम्म पुर्‍याएर क्षेत्र विकासका मुद्दा सशक्त रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

कार्यक्रममा स्थानीयवासीहरूले सिंहलाई भव्य स्वागत तथा सम्मान गर्दै आगामी निर्वाचनमा विजयको शुभकामना दिएका थिए।

सम्बन्धित पोस्टहरुः