वीरगंज , ८ फागुन-
बाराको फेटा गाउँपालिका मा बिहीबार साँझ दुई समुदायबीच उत्पन्न तनावका कारण स्थानीय अवस्था तनावपूर्ण बनेको थियो। हिन्दु समुदायकी छोरीको विवाह कार्यक्रममा आएको जन्तीमा डिजे बजाएको विषयलाई लिएर मुस्लिम समुदायका केही युवाहरूले ढुंगामुढा गर्दा विवाद फैलिएको थियो।
घटनामा संलग्न व्यक्तिहरूको विवरण बुझ्न आज बिहान गाउँपालिकामा बैठक बसेको थियो। बैठकको क्रममा केही स्थानीयले पालिका अध्यक्ष रुश्तम अन्सारी माथि हातपात गर्न खोज्दा सुरक्षा कर्मीले उनलाई भिडबाट सुरक्षित निकालेर इलाका प्रहरी कार्यालय प्रसौनीमा राखेको बाराले जनाएको छ।
अन्सारीले हातपातको प्रयास गलत भएको स्पष्ट गर्दै, “स्थिति सामान्य छ र नियन्त्रणमा छ। सबै पक्षले संयमित रहनु पर्छ” भनेका छन्। प्रहरीका अनुसार पनि निगरानी र सुरक्षा व्यवस्था सक्रिय राखिएको छ।









