लर्ड बुद्ध र एन्जल वल्र्ड विजयी

वीरगंज, ८ फागुन । नेशनल प्याब्सन प्रिमियर नकआउट टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत पाँचौं दिनका म्याच नं. १० र ११ शुक्रवार आदर्शनगर खेल मैदानमा सम्पन्न भएका छन् ।

लर्ड बुद्ध मा. वि. विरूद्ध ओसिस मा. वि. टस जितेर लर्ड बुद्ध मा. वि.ले ब्याटिङ रोज्यो । पहिलो इनिङ्समा लर्ड बुद्धले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४८ रनको प्रतिस्पर्धात्मक योगफल खडा ग¥यो। ब्याटिङतर्फ सन्तुलित प्रदर्शन देखिएको थियो ।

जवाफमा ओसिस मा.वि.ले लक्ष्य पछ्याउने क्रममा १६.३ ओभरमा सबै १० विकेट गुमाउँदै १२४ रन मात्र बनाउन सक्यो। लर्ड बुद्धका बलरहरूले सशक्त प्रदर्शन गर्दै विपक्षीलाई दबाबमा राखेका थिए।

लर्ड बुद्ध मावि २४ रनले विजयी भएको छ । प्रतियोगिताको म्यान अफ द म्याच लर्ड बुद्धका अब्दुल्लाह अन्सारी घोषित भए । उनले ३ ओभरमा ३१ रन खर्चेर २ विकेट तथा ४८ बलमा ३३ रन बनाउन सफल भएका थिए ।

त्यसैगरी दोस्रो खेल मदर ल्याण्ड मावि र एन्जल वल्र्ड माविबीच भएको थियो । टस जितेर मदर ल्याण्ड माविले ब्याटिङ रोजेको थियो । पहिलो इनिङ्समा मदर ल्याण्डले २० ओभरमा ९ विकेट गुमाउँदै ११८ रन बनायो। मध्यम स्कोर बनाए पनि बलिङमा उत्कृष्ट प्रदर्शन आवश्यक देखिएको थियो।

जवाफमा एन्जल वल्र्ड माविले रोमाञ्चक खेल प्रस्तुत गर्दै १५.५ ओभरमा ९ विकेट गुमाएर १२३ रन बनाउँदै लक्ष्य पूरा ग¥यो। अन्तिम चरणसम्म तनावपूर्ण बनेको खेलमा एन्जल वल्र्डले संयमित ब्याटिड्ढा कारण जित हात पा¥यो । एन्जल वल्र्ड मावि १ विकेटले विजयी भएको थियो । यस प्रतियोगिताको म्यान अफ द म्याच मुकेश यादव घोषित भए । उनले ४ ओभरमा २५ रन खर्चेर ४ विकेट तथा ३४ बलमा २९ रन लिएको आयोजक समितिले जनाएको छ।

सम्बन्धित पोस्टहरुः