नेशनल प्याब्सन टी–२०ः ज्ञानोदय र ब्राइट पब्लिक विजयी

वीरगंज, ९ फागुन । नेशनल प्याब्सन प्रिमियर नकआउट टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत म्याच नं. १२ र १३ का खेलहरू आदर्शनगर खेल मैदानमा शनिवार सम्पन्न भएका छन ।

 
म्याच नं. १२ मा ज्ञानोदय मा. वि. र ज्ञान निकेतन मा. वि. बीच प्रतिस्पर्धा भएको थियो । टस जितेर ब्याटिङ रोजेको ज्ञानोदयले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १८४ रनको विशाल योगफल खडा गर्याे। जवाफी ब्याटिङमा उत्रिएको ज्ञान निकेतन ७.१ ओभरमै ३५ रनमा अलआउट भयो। ज्ञानोदय १४९ रनको फराकिलो अन्तरले विजयी बन्यो।
यस खेलका म्यान अफ द म्याच सुरज कुमार ठाकुर घोषित भए। उनले २५ बलमा ४४ रन बनाउनुका साथै १ ओभरमा ६ रन खर्चेर १ विकेट लिए।
म्याच नं. १३ मा ब्राइट पब्लिक मा. वि. र एन्जल वल्र्ड मा. वि. आमनेसामने भएका थिए। टस जितेर बलिङ रोजेको ब्राइट पब्लिकले एन्जल वल्र्डलाई १३.४ ओभरमा ८७ रनमै समेट्यो। ८८ रनको लक्ष्य ब्राइट पब्लिकले ७ ओभरमा ४ विकेट गुमाउँदै सहजै पूरा गर्याे। ब्राइट पब्लिक ६ विकेटले विजयी भयो।
यस खेलका म्यान अफ द म्याच पवन सर्राफ घोषित भए। उनले २.४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिनुका साथै २० बलमा ४७ रनको उत्कृष्ट पारी खेले।
सम्बन्धित पोस्टहरुः