गौर हिंसा प्रकरणः जनमत पार्टीका जिल्ला संयोजक शेख जमशेद पक्राउ

रौतहट, १० फागुन –

रौतहटको गौरमा भड्किएको हिंसामा संलग्न रहेको आरोपमा प्रहरीले जनमत पार्टीका जिल्ला संयोजक शेख जमशेदलाई पक्राउ गरेको छ। गौर नगरपालिका–६ सवगढाबाट सुरु भएको दुई समुदायबीचको विवादमा उनको संलग्नता रहेको आरोपमा घरबाटै नियन्त्रणमा लिएर जिल्ला प्रशासन कार्यालय लगिएको प्रहरीले जनाएको छ।

बिहीबार साँझ जन्तीको गाडी मस्जिदको बाटो हुँदै गएको विषयलाई लिएर विवाद चर्किँदै हिंसात्मक बनेको थियो। शुक्रबार दिनभर झडपपछि प्रशासनले ६ बुँदे सहमति गराए पनि शनिबार बिहान पुनः झडप भएपछि विभिन्न क्षेत्रमा कर्फ्यु लगाइएको छ।

प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालका अनुसार घटनामा १० जना सामान्य घाइते भएका छन् भने २० जना पक्राउ परेका छन्। झडपका क्रममा ७ वटा मोटरसाइकल र १ जीप जलेर नष्ट भएको र स्थिति नियन्त्रणमा लिन ५० भन्दा बढी अश्रुग्यास प्रहार तथा हवाई फायर गरिएको थियो।

सम्बन्धित पोस्टहरुः