निर्वाचनअघि ७२ घण्टा नेपाल–भारत सीमा बन्द गर्ने सहमति

वीरगंज , १० फागुन –

नेपाल र भारतका सुरक्षा अधिकारीहरूको वीरगंज सम्पन्न सीमा समन्वय समितिको बैठकले प्रतिनिधिसभा निर्वाचनभन्दा ७२ घण्टा अघिदेखि दुई देशबीचको सीमा पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ।

निर्वाचनका बेला क्रस–बोर्डर अपराध रोक्न उच्च सतर्कता अपनाउने, सीमा क्षेत्रमा मदिरा कारोबार र नक्कली नोटको ओसारपसारमा कडाइ गर्ने सहमति भएको छ।

बैठकमा भारतीय पक्षले सिर्सिया नदीको जल प्रदूषणप्रति पहिलो पटक चासो व्यक्त गर्दै नेपालबाट जाने पानी प्रशोधनपछि मात्र पठाउन आग्रह गरेको छ।

साथै सीमा अतिक्रमण हटाउन सहयोग मागिएको छ। बैठकमा पर्सा र बाराका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा दुवै देशका सुरक्षा निकायका अधिकारीहरू सहभागी थिए।

सम्बन्धित पोस्टहरुः