चुनावबारे राष्ट्रिय सहमति नहुँदा धन र समय खेर जाने खतरा : भिम उपाध्याय

वीरगंज , १० फागुन –

नेपाल सरकारका पूर्वसचिव भिम उपाध्यायले राज्य पुनःसंरचनाबारे राष्ट्रिय सहमति नगरी चुनाव गरिए धन र समय दुवै खेर जाने चेतावनी दिएका छन ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले सहमति नभए पनि चुनाव रोक्न नहुने तर त्यसबाट तत्काल निकास निस्कन्छ भन्ने भ्रममा नपर्न आग्रह गरेका हुन् ।

उनका अनुसार चुनाव संघर्ष र आन्दोलनको एक रूप भए पनि अहिले ठोस लाभ नहुने अवस्थामा करिब १ खर्ब रुपैयाँ राष्ट्रिय धन जोखिममा रहेको छ।

दल, नेता र जनताले आफैँ भोगेपछि मात्र चेत आउने टिप्पणी गर्दै उहाँले सहमति भए अहिले नै मिल्न, नभए चुनाव गराउन सुझाव दिएका छन ।

सम्बन्धित पोस्टहरुः