नेशनल प्याब्सन टी–२०ः सेमिफाइनल खेल सम्पन्न

वीरगंज १० फागुन। नेशनल प्याब्सन प्रिमियर नकआउट टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत सातौं दिनका जुनियर तथा सिनियर सेमिफाइनल खेलहरू सम्पन्न भएका छन।

 
जुनियरतर्फ सिद्धार्थ एकेडमी र सिनियरतर्फ विद्या सदन माध्यमिक विद्यालय फाइनलमा प्रवेश गर्न सफल भएका छन्।
जुनियरतर्फ सिद्धार्थ एकेडमी र मदर ल्याण्ड मा. वि.बीच भएको सेमिफाइनल खेलमा टस जितेर सिदार्थ एकेडमीले बलिङ रोजेको थियो। पहिलो इनिङ्समा मदर ल्याण्ड मा. वि.ले १९ ओभरमा सबै १० विकेट गुमाउँदै ६४ रन बनायो।जवाफी ब्याटिङमा सिदार्थ एकेडमीले ९.४ ओभरमा १ विकेटको क्षतिमा ६७ रन बनाउँदै ९ विकेटको सहज जित हात पा–यो।
यस खेलका म्यान अफ द म्याच आशिष सर्राफ घोषित भए। उनले ४ ओभरमा १२ रन खर्चेर २ विकेट लिनुका साथै ३० बलमा २१ रनको योगदान दिएका थिए।
सिनियरतर्फ विद्या सदन मा. वि. र ज्ञानोदय मा. वि.बीचको सेमिफाइनल खेल निकै रोमाञ्चक बनेको थियो। टस जितेर ज्ञानोदयले ब्याटिङ रोजेको थियो। पहिलो इनिङ्समा ज्ञानोदय मा. वि.ले १७.३ ओभरमा सबै विकेट गुमाउँदै ८४ रन बनायो।जवाफमा विद्या सदन मा. वि.ले १७.१ ओभरमा ९ विकेट गुमाएर ८५ रन बनाउँदै १ विकेटको संघर्षपूर्ण जित हासिल ग–यो।
सिनियरतर्फको म्यान अफ द म्याच आतिफ अमान घोषित भए। उनले ४ क्याच लिनुका साथै ३५ बलमा २६ रन बनाउँदै टोलीको जितमा महत्वपूर्ण योगदान दिएका थिए।
विशेष घोषणा सिनियर सेमिफाइनलका म्यान अफ द म्याच आतिफ अमानलाई कक्षा ११ अध्ययनका लागि १०० प्रतिशत छात्रवृत्ति प्रदान गरिने घोषणा गरिएको छ। उक्त घोषणा इmभनजब ऋयििभनभ का अध्यक्ष शिशिर गौतम तथा निर्देशक भरत सिंहले संयुक्त रूपमा गर्नुभएको हो।
साथै, सिनियर वर्गको सिरिज म्यान (प्लेयर अफ दि सिरिज) चयन हुने खेलाडीलाई पनि कक्षा ११ अध्ययनका लागि १०० प्रतिशत छात्रवृत्ति प्रदान गरिने जानकारी दिइएको छ। आयोजकले विद्यार्थी खेलाडीहरूको खेलकुद र शिक्षालाई समान रूपमा प्रोत्साहन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन। 
सम्बन्धित पोस्टहरुः