उहाँले भन्नुभयो “चितवनमा पहिलो पटक यो रोगको समस्या देखिएको हो ।” यो रोग ‘फाइटोप थेरा मेनेङ्गी’ नामक जीवाणुका कारण लाग्ने गर्दछ । माटो र पानीबाट जीवाणु सर्ने गर्दछन् ।
उहाँका अनुसार यो रोग लागेको बोटमा हाँगा मर्न लागेको जस्तो देखिने, पछि बुटै मर्ने जस्तो समस्या आउने गर्दछ । बगैँचामा सिँचाइ गर्दा सिधैँ बोटमा पुग्ने गरी सिँचाइ नगर्न, बोटमा घाउँ खटिरा देखिएमा बोडोपेष्ट लगाउन उहाँले सुझाव दिनुभयो । बागवानी विकास अधिकृत चौहानले भन्नुभयो “बगैँचा सरसफाइमा ध्यान दिने, घाउचोट कम लगाउने, सिँचाइमा ध्यान दिने जस्ता कार्य गर्न सके यो रोगबाट बगैँचालाई जोगाउन सकिने छ ।” रोग देखिएमा ढुसिनासक औषधिको प्रयोग गर्न उहाँले सुझाव दिनुभयो ।
जिल्लामा अहिले ६ दशमलब ५ हेक्टर क्षेत्रफलमा एभोगाडो खेती गरिँदै आइएको छ । उहाँका अनुसार सो क्षेत्रफलमा ५१ मेट्रिकटन एभोगाडो उत्पादन हुँदै आएको उहाँले जानकारी दिनुभयो । विगत केही वर्षदेखि चितवनमा यो खेती हुन थालेको हो ।









