वीरगंज, ११ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीका, पर्सा सभापति एवं पर्सा–१ का उम्मेदवार हरि पन्त वीरगंज – १८ भवानीपुरका अधिकांस जेन्जी, युवा, प्रौढ र बृद्धहरूका समेत साझा र रोजाइको उम्मेदवार बन्न सफल भएका छन ।
आइतवार पन्तले त्यहाँ आयोजना गरेका घरदैलो एवं मतदाता भेटघाट कार्यक्रममा जेन्जी, युवा, प्रौढ र बृद्धहरू लगायत सबै तह तप्काका स्थानीयहरूले सहभागीता जनाएपछि उनी सबैको साझा र रोजाइको उम्मेदवार बन्न सफल भएका हुन ।
कार्यक्रममा विभिन्न पेशा, व्यवसाय तथा सामाजिक क्षेत्रमा आबद्ध ठूलो समूह औपचारिक रूपमै उपस्थिति तथा स्थानीय स्तरमा प्रभाव राख्ने व्यक्तित्वहरूको सहभागीताले कार्यक्रम अत्यन्तै उत्साहपूर्ण बनेको थियो ।

सहभागीहरूले पुराना दलप्रति बढ्दो निराशा र वैकल्पिक शक्तिको खोजी नै आफुहरूको निर्णयको मुख्य कारण रहेको बताएका छन। उनीहरूले पारदर्शिता, सुशासन र युवा नेतृत्वको प्रतिबद्धताले आफूहरूलाई रास्वपातर्फ आकर्षित गरेको बताएका थिए ।