वीरगंज, ११ फागुन। एन–प्याब्सन प्रिमियर नकआउट टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत सेमिफाइनल खेलहरू सम्पन्न भएका छन्।
जुनियरतर्फ माउन्ट हर्मन मावि तथा सिनियरतर्फ ब्राइट पब्लिक मावि फाइनलमा प्रवेश गरेका छन्।
जुनियरतर्फको खलमाा माउन्ट हर्मन र ब्राइट पब्लिक माविबीच प्रतिस्पर्धा भएको थियो। टस जितेर पहिले ब्याटिङ रोज्दै माउण्ट हर्मनले १५.३ ओभरमा सबै विकेट गुमाएर १४० रन बनायो।
जुनियरतर्फको खलमाा माउन्ट हर्मन र ब्राइट पब्लिक माविबीच प्रतिस्पर्धा भएको थियो। टस जितेर पहिले ब्याटिङ रोज्दै माउण्ट हर्मनले १५.३ ओभरमा सबै विकेट गुमाएर १४० रन बनायो।
जवाफमा ब्राइट पब्लिक १३.३ ओभरमा ६१ रनमै समेटियो। माउण्ट हर्मन ७९ रनले विजयी हुँदै फाइनलमा प्रवेश गर्यो। यस प्रतियोगिताको म्यान अफ द म्याच राजन महतो घोषित भए, उनले २.३ ओभरमा १४ रन खर्चेर २ विकेट लिनुका साथै १८ बलमा ३२ रनको योगदान दिएका थिए।
सिनियरतर्फ बर्ड बुद्ध र ब्राइट पब्लिक माविबीच भएको थियो। लर्ड बुद्धले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित १५ ओभरमा ८ विकेटको क्षतिमा १०३ रन बनायो। जवाफमा ब्राइट पब्लिकले १५ ओभरमा ७ विकेट गुमाउँदै १०७ रन बनाउँदै लक्ष्य पूरा गर्यो। ब्राइट पब्लिक ३ विकेटले विजयी हुँदै फाइनलमा स्थान सुरक्षित गर्यो। यस प्रतियोगिताको म्यान अफ द म्याच बन्टि सर्राफ घोषित भए।
उनले २७ बलमा ३१ रन बनाउँदै टोलीलाई जिततर्फ डोर्याएको छ। मंगलवार फाइनल खेल जुनियरतर्फ सिद्धार्थ एकेडेमी र माउन्ट हर्मन तथा सिनियरतर्फ विद्या सदन र ब्राइट पब्लिकबीच उपाधिका लागि भिडन्त हुने आयोजकको भनाइ छ।









