बारा क्षेत्र नं. ४ मा कृष्णकुमार श्रेष्ठको घरदैलो

बारा, १२ फागुन —

बारा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार कृष्णकुमार श्रेष्ठ ले आज विश्रामपुर गाउँपालिका अन्तर्गत घरदैलो कार्यक्रम सम्पन्न गरेका छन ।

बलिरामपुरबाट सुरु भएको घरदैलो अभियान वडा नम्बर ५ इटयाईसम्म पुग्दा स्थानीयको उल्लेखनीय सहभागिता देखिएको थियो। घरदैलोका क्रममा स्थानीयवासीले शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, रोजगारी र कृषि क्षेत्रका समस्याबारे उम्मेदवार श्रेष्ठसमक्ष गुनासा राखेका थिए।

उम्मेदवार श्रेष्ठले जनताका कुरा ध्यानपूर्वक सुन्दै विकास, सुशासन र पारदर्शितालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता र सर्वसाधारणको सहभागिता रहेको थियो।

सम्बन्धित पोस्टहरुः