पर्सा–३ मा एमाले उम्मेदवार रुपेश पाण्डेको पक्षमा बढ्दो जनसमर्थन

पर्सा , १२ फागुन —

पर्सा क्षेत्र नम्बर–३ मा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का प्रतिनिधि सभा सदस्य उम्मेदवार रुपेश पाण्डेको लोकप्रियता बढ्दै जाँदा चुनावी माहोल तातेको छ। घरदैलो र मतदाता भेटघाट कार्यक्रममा देखिएको उत्साहजनक सहभागिताले पाण्डेको पक्षमा स्पष्ट जनसमर्थन देखिएको स्थानीयले बताएका छन्।

यसैबीच, समर्थकहरूले केही विरोधी पक्षले सामाजिक सञ्जालमार्फत अपुष्ट र भ्रामक सामग्री फैलाउँदै बदनाम गर्ने प्रयास गरेको आरोप लगाएका छन्। तर मतदाताहरूले यस्ता गतिविधिलाई खासै महत्व नदिएको देखिएको छ।

पाण्डेले पूर्वाधार विकास, रोजगारी सिर्जना, कृषि आधुनिकीकरण र युवालाई स्वरोजगारमा जोड्ने योजनालाई प्रमुख चुनावी एजेन्डा बनाएका छन्। उनले शिक्षा, स्वास्थ्य र सडक सञ्जालको विकासमार्फत पर्सा–३ लाई नमुना क्षेत्र बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। “जनताको विश्वास नै मेरो सबैभन्दा ठूलो शक्ति हो,” पाण्डेको भनाइ छ।

स्थानीयका अनुसार, स्पष्ट कार्ययोजनासहित अघि बढेका पाण्डेप्रति विशेषगरी युवा मतदाताको आकर्षण बढेको छ। समग्रमा, पर्सा–३ मा यसपटक परिवर्तन र स्थायित्वको पक्षमा मतदान हुने संकेत देखिएको छ।

सम्बन्धित पोस्टहरुः