कट्टेल थुनामुक्त, प्रसाईं थुनामै

काठमाडौँ, १२ फागुनः सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष ऋषिराम कट्टेललाई थुनामुक्त गर्न आदेश गरेको छ ।

न्यायाधीशद्वय हरिप्रसाद फुयाल र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले आज बन्दीप्रत्यक्षीकरण रिट निवेदनमाथि सुनुवाइ गर्दै कट्टेललाई थुनामुक्त गर्न आदेश गरेको हो ।

नेपाल प्रहरीले निर्वाचन बिथोल्न प्रयास गर्ने आशङ्का कट्टेललाई यही फागुन ६ गते पक्राउ गरेको थियो ।

यसैगरी सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई भने थप अनुसन्धान गर्नुपर्ने भन्दै हिरासतमै राख्ने आदेश भएको छ ।

मेडिकल व्यवसायी प्रसाईंले निर्वाचन बिथोल्ने प्रयासमा संलग्न भएको आशङ्कामा प्रहरीले यही फागुन ४ गते पक्राउ गरेको थियो ।

सम्बन्धित पोस्टहरुः