कास्की समाज जापानद्वारा एनआरएनएको अध्यक्षमा रोविन शेरचनलाई समर्थन

वीरगंज , १३ फागुन –

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ अधिवेशन नजिकिँदै गर्दा कास्की पोखरा समाज जापान र कास्की अन्तर्राष्ट्रिय समन्वय परिषद्ले संयुक्त कार्यक्रम आयोजना गरी अध्यक्ष पदका प्रत्यासी रोविन शेरचनलाई समर्थन गर्ने घोषणा गरेका छन्। कार्यक्रममा विभिन्न देशका कास्कीली गैरआवासीय नेपालीहरूको ठुलो सहभागिता रहेको थियो।

शेरचनले संस्था भित्रको आन्तरिक कलह र समानान्तर कमिटीको कारण मुद्दाहरू ओझेलमा परेको बताउँदै, आफ्नो मुख्य उद्देश्य संस्थामा एकता र शुद्धीकरण ल्याउनु रहेको स्पष्ट पारे । उनले आगामी विश्व भ्रमण मार्फत विभिन्न देशमा रहेका नेपालीहरूसँग प्रत्यक्ष भेटघाट गरी सुझाव संकलन गर्ने योजना पनि सुनाए ।

कार्यक्रममा सहभागी वक्ताहरूले संस्थामा स्थायित्व र सकारात्मक नेतृत्वको आवश्यकता औँल्याउँदै शेरचन र उनको टिमलाई सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। एनआरएनएको महाधिवेशन मार्च दोस्रो साता हुँदैछ।

सम्बन्धित पोस्टहरुः