वीरगंजमा निर्वाचन रिपोर्टिङ सम्बन्धि एकदिने अभिमुखिकरण सम्पन्न

वीरगंज , १३ फागुन —

निर्वाचन रिपोर्टिङलाई मर्यादित, निष्पक्ष र जिम्मेवार बनाउने उद्देश्यले एकदिने अभिमुखिकरण कार्यक्रम बुधबार वीरगंजमा सम्पन्न भएको छ । कार्यक्रम नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयको आयोजना र मधेस प्रदेश समितिको सहजीकरणमा भएको थियो ।

कार्यक्रममा मधेस प्रदेशका आठ जिल्लाका पत्रकार, जिल्ला शाखा अध्यक्ष, पदाधिकारी तथा फिल्डमा सक्रिय पत्रकारहरू सहभागी थिए । नेपाल पत्रकार महासंघकी केन्द्रीय महिला उपाध्यक्ष नितु पंडितको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सहभागीहरूलाई चार समूहमा विभाजन गरी निर्वाचन आचारसंहिता पालन, तथ्यपरक रिपोर्टिङ, मतदातामा सञ्चारको प्रभाव र सन्तुलित समाचार प्रस्तुतिबारे छलफल गराइएको थियो ।

छलफलपछि समूहहरूले तयार पारेका निष्कर्ष र सुझाव सामूहिक रूपमा प्रस्तुत गरिएका थिए।

महासंघ मधेस प्रदेश अध्यक्ष श्याम बञ्जाराले सुरक्षित तरिकाले फिल्डमा गई समाचार संकलन गर्न सुझाव दिएका थिए भने पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले यस्ता अभिमुखिकरण कार्यक्रमले पत्रकारितामा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरेका थिए ।

कार्यक्रमका सहभागीहरूले निर्वाचनका बेला तथ्यपरक, सन्तुलित र जनउत्तरदायी पत्रकारिता प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

सम्बन्धित पोस्टहरुः