पटेलनगरमा रास्वपाको कोणसभा सम्पन्न

वीरगंज, १३ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीको बिरगंज २० पटेलनगरमा कोणसभा सम्पन्न भएको छ ।  मङलबार साँझ पर्सा क्षेत्र न १ अन्तर्गत  पटेलनगर चोकमा स्थानियहरुको उल्लेख्य उपस्थितिमा रास्वपा  कोणसभा सम्पन्न भएको हो ।

कोणसभा लाई सम्बोधन गर्दै रास्वपा पर्सा सभापति एबम क्षेत्र न एकका उम्मेदवार हरि पन्तले अब नेपाली जनता सचेत र जागरुक भै सकेकाले  नेताहरुले अब जनतालाई  झुक्याउन नसक्ने बताएका थिए । उनले बिगत ३६ बर्षदेखि नेताहरुले जनतालाई झुक्याउदै आइरहेकोले अब  भने जनता नझुक्किने बताएका थिए । उनले यसपटक क्षेत्र न  १ का जनताहरुले आफुलाइ जिताएर पठाउनेमा आफू ढुक्क रहेको समेत बताएका थिए ।

कृष्ण पस्वानले सन्चालन गरेका उक्त कोणसभामा जनार्दन सिङ , सगिर आलम महुमुद्दिन अन्सारी , चन्दन यादब लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।  सभामा पटेक्नगरका स्थानियहरुको ठूलो उपस्थिति थियो ।

सम्बन्धित पोस्टहरुः