शेयर बजार दोहोरो अंकले वृद्धि

वीरगंज , १३ फागुन —

शेयर बजार परिसूचक नेप्से आज १०.३० अंकले बढेर २६४८.९० विन्दुमा पुगेको छ। आज फाइनान्स, म्यूचुअल फण्ड र व्यापार समूह बाहेक सबै समूहको शेयर मूल्य बढ्दा जीवन विमा समूहमा करिब साढे एक प्रतिशत भन्दा बढीको वृद्धि भएको छ।

आज साल्पा विकास बैंक र रिलायन्स स्पिनिङ मिलका शेयरमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै, समग्र बजार बढेको दिन हिमालयन पावर कम्पनीको शेयर झन्डै ६ प्रतिशतले घटेको छ।

बजारसँगै कारोबार रकम पनि सामान्य वृद्धि भएको छ। हिजो ४ अर्ब २३ करोड २४ लाख रुपैयाँको कारोबार भएकोमा आज ३ सय ३३ कम्पनीका १ करोड ४ लाख कित्ता शेयर ४ अर्ब ४५ करोड ११ लाख रुपैयाँमा किनबेच भएका छन्।

सम्बन्धित पोस्टहरुः