पर्सा, १३ फागुन—
जेनजी आन्दोलनको क्रममा कारागारबाट भागेका एक प्रतिवादी पर्साबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा कालिकामाइ गाउँपालिका–३, हरिहरपुर बिर्ता टोल निवासी ७४ वर्षीय रामचन्द्र महरा चमार रहेका छन्।
महरा लागू औषध मुद्दामा सजाय काटिरहेका थिए र भदौ २४ गते केन्द्रीय कारागार कार्यालय सुन्धाराबाट फरार भएका थिए।
विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले पोखरिया नगरपालिका–४ क्षेत्रबाट लुकिछिपी बसिरहेको अवस्थामा उनलाई पक्राउ गरेको जनाएको छ।
पक्राउ परेका महरालाई आवश्यक कारबाहीका लागि कारागार कार्यालय वीरगन्ज पठाइएको प्रहरीले जानकारी दिएको छ।
इलाका प्रहरी कार्यालय पोखरीयाले घटनाबारे थप अनुसन्धान भइरहेको पनि जनाएको छ।








