वीरगंज १३ फाल्गुन । नेशनल प्याब्सनद्वारा आयोजित टि–२० नकआउट क्रिकेट टुर्नामेन्ट–२०८२ को उदघाटन खेलमा काव्या एकेडेमी विजयी भएको छ ।
पहिलो खेल काव्या एकेडेमी र शुभतारा स्कूलबीच भएको थियो । काव्या एकेडेमीले शुभतारा स्कूललाई ८४ रनको फराकिलो अन्तरले पराजित गरेको छ। कव्या एकेडेमीका खेलाडी अवधेश पण्डित म्यान अफ द म्याच घोषित भए ।
यसैगरी आजै सम्पन्न दोस्रो खेलमा जिएचपीले सेसमी स्कूललाई ३० रनको अन्तरले पराजित गरेको छ । जिएचपीका केशव यादवले ५ विकेट लिएकाले म्यान अफ द म्याच घोषित भए ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई पर्साका इकाई प्रमुख मोतीलाल भट्टराई, एनप्याब्सनका केन्द्रीय संस्थापक सदस्य रामबिनेश चौधरी, केन्द्रीय सचिव शुशील भट्टराई, सदस्य अरविन्द सिंह, नगर अध्यक्ष प्रधानाध्यापक जियालाल गुप्ता, नगर सचिव शेख अजहरको उपस्थिति रहेको थियो ।
उदघाटन कार्यक्रमको अध्यक्षता प्रतियोगिताका संयोजक सन्नी दुबे, कार्यक्रम सञ्चालन नरेश पटेल र स्वागत मन्तव्य हरिन्द्र प्रसाद कुशवाहाले ले गरेका थिए ।
कार्यक्रममा छात्राहरूले मनमोहक स्वागत नृत्य प्रस्तुत गरी कार्यक्रमलाई थप आकर्षक बनाएका थिए।