वीरगंंज , १४ फागुन –
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट पर्सा क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा उम्मेदवार हरि पन्त ले आफ्नो चुनावी अभियानलाई तीव्रता दिएका छन्।
उनले वीरगंज महानगरपालिका–३० लालपर्सामा कोणसभा तथा वडा नम्बर–२ घुसुकपुरमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन।
लालपर्सामा दीपेन्द्र मण्डलको अध्यक्षतामा आयोजित कोणसभामा पन्तले पुरानो राजनीतिक शैलीबाट देशको विकास सम्भव नभएको भन्दै नयाँ भिजनका साथ रास्वपा चुनावी मैदानमा उत्रिएको बताउँदै मतदातालाई परिवर्तनको विकल्प रोज्न आग्रह गरे।
कार्यक्रममा स्थानीय नेता–सहभागी विनोद मण्डल, सञ्जय मण्डल, गम्भीरा गुप्ता, निजामुद्दीन अन्सारी, सुवासा यादव र धनपत ठाकुरले आफ्नो समर्थन व्यक्त गरे।
त्यसैगरी, घुसुकपुर घरदैलो कार्यक्रममा स्थानीय बासिन्दाले पन्तलाई फूलमाला र अभिवादन गर्दै आगामी निर्वाचनमा विजयी गराउन पूर्ण सहयोग गर्ने आश्वासन प्रदान गरे ।
कार्यक्रममा रास्वपा नेताहरू महम्मद सम्साद आलम, शन्नी गुप्ता र तब्रेज शेखको नेतृत्व रहेको थियो।








