वीरगंज , १४ फागुन –
पर्सा निर्वाचन क्षेत्र नम्बर–१ का प्रतिनिधि सभा सदस्य उम्मेदवार अनिल रुङटा ले आफ्नो प्रतिज्ञापत्र सार्वजनिक गरेका छन्।
नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर – १ को सम्पर्क कार्यालय वीरगंजमा आयोजित पत्रकार सम्मेलनमा रुङटाले ‘मेरो प्रतिज्ञा’ पत्र मार्फत क्षेत्रको समग्र विकास, सुशासन प्रवर्द्धन र दीगो नीतिगत सुधारमा आफ्नो प्रतिबद्धता व्यक्त गरेका छन्।
उनी प्रतिज्ञापत्र कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै आफ्नो योजना मतदातासम्म पुर्याउने विश्वास पनि व्यक्त गरेका छन्।
रुङटाले प्रतिज्ञापत्रमार्फत पर्सा–१ का नागरिकको अपेक्षा सम्बोधन गर्दै विकास र स्थायित्वको पक्षमा जनमत जुटाउने प्रतिवद्धता जनाएका छन्।








