पर्सामा निर्वाचन र होली पर्व लक्षित सुरक्षा कडा

वीरगंज , १५ फागुन –

पर्सा निर्वाचन क्षेत्र–१ देखि–४ मा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन तथा त्यसअघि पर्ने होली पर्वलाई लक्षित गर्दै सुरक्षा कडा गरिएको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त तयारीमा मतदान स्थल र आसपासको क्षेत्रमा चौकसी बढाइएको छ।

श्रीजङ्ग गणका गणपति तथा प्रमुख सेनानी लोकेन्द्र कार्कीका अनुसार चार तहको सुरक्षा संयन्त्र परिचालन गरिनेछ। जोखिम हुने मतदान स्थल विशेष निगरानीमा राखिँदै चेकपोइन्ट व्यवस्थापन र मोबाइल गस्ती पनि थपिएको छ। मतपेटिका ढुवानीको सुरक्षा पनि तीनै सुरक्षा निकायको जिम्मेवारीमा हुनेछ।

सुरक्षा निकायले होली पर्व सभ्य र शान्तिपूर्ण रूपमा मनाउन नागरिक र राजनीतिक दलसँग सहयोगको अपेक्षा राख्दै कानून विपरीत गतिविधिमा संलग्न जो–कोहीमाथि कारबाही गरिने चेतावनी दिएको छ।

सम्बन्धित पोस्टहरुः