वीरगंज, १५ फागुन । मालपोत कार्यालय पोखरियाको स्थापना दिवसको उपलक्ष्यमा शुक्रवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
मालपोत कार्यालय पोखरियामा आयोजित रक्तदान कार्यक्रममा २९ जनाले रक्तदान गरेको रक्त संचार केन्द्र वीरगंजका प्राविधिक प्रमुख शौरभराज पाण्डेयले बताउनुभयो । कार्यक्रमको मालपोत कार्यालय पोखरियाका प्रमुख रामजी साह र इलाका प्रहरी कार्यालय पोखरियाका प्रमुख प्रहरी निरीक्षक प्रदिप पौडेलले संयुक्त रूपमा रिबन काटेर उदघाटन गरेका थिए । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पोखरिया उपशाखाका सभापति भगवान कुर्मी, नेपाल पत्रकार महासंघ पर्साका कोषाध्यक्ष सञ्जिव मिश्र लगायतको सहभागीता थियो ।
कार्यक्रममा इनद्रदेव चौरसिया, जितेन्द्र प्रसाद, उमेश साह, राकेश साह, सन्जितप्रसाद यादव, रामाकान्त चौधरी, अरविन्दप्रसाद चौधरी, राज यादव, ऋषि कुमार, ब्रिजेश चौरसिया, रामरेखा चौरसिया, कृष्ण कुशवाहा लगायतले रक्तदान गरेको केन्द्रका प्राविधिक प्रमुख पाण्डेयले बताउनुभयो ।









