भवानीपुरमा स्व. जटाशङ्कर तिवारी गुरुकुल आश्रम उद्घाटन

वीरगंज , १६ फागुन –

वीरगंज महानगरपालिका–१८ भवानीपुरमा शुक्रबार स्व. पण्डित जटाशङ्कर तिवारी गुरुकुल आश्रमको उद्घाटन गरिएको छ। आश्रमको उद्घाटन डा. सुरेन्द्रनाथ तिवारीले गर्नुभएको हो।

स्व. तिवारीका छोरा राजन तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पण्डित पुरुषोत्तम दुबे, बृजमोहन तिवारी, नेपाल ब्राह्मण समाज पर्साका अध्यक्ष कामेश्वर तिवारी तथा पूर्वअध्यक्ष देवनाथ उपाध्यायलगायतले मन्तव्य व्यक्त गरेका थिए।

आयोजकका अनुसार आश्रममा कर्मकाण्डी संस्कृत विद्यामा निःशुल्क शिक्षा प्रदान गरिनेछ।

सम्बन्धित पोस्टहरुः