वीरगंज , १८ फागुन –
आज (सोमबार) फागुन शुक्ल पूर्णिमाका दिन रङ्गहरूको पर्व होली उल्लासका साथ मनाइँदैछ।
आज हिमाली र पहाडी जिल्लामा होली मनाइँदै गर्दा तराईका जिल्लामा भने भोलि होली मनाइने परम्परा रहेको छ।
काठमाडौँको बसन्तपुर क्षेत्रमा चीर ठड्याइएका स्थानमा नेपालीसँगै विदेशी नागरिकले पनि रङ्ग दल्दै, नाचगान गर्दै होली मनाइरहेका छन्।
मानिसहरूले एक–आपसमा रङ्ग लगाएर आपसी सद्भाव र खुशी साटासाट गरिरहेका छन्।









