वीरगंज , १८ फागुन –
संयुक्त अरब इमिरेट्स (यूएई)को आबुधाबीमा भएको इरानी ड्रोन आक्रमणका क्रममा एक नेपाली नागरिकको ज्यान गएको पुष्टि भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार मृतक गोरखा निवासी २९ वर्षीय दिवस श्रेष्ठ हुन्।
श्रेष्ठ आबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा सेक्युरिटी गार्डका रूपमा कार्यरत थिए। ड्रोन निष्क्रिय पार्ने क्रममा उनीसहित तीन जनाको मृत्यु भएको यूएईको विदेश मन्त्रालयलाई उद्धृत गर्दै परराष्ट्र मन्त्रालयले जनाएको छ।
यूएई सरकारले नेपाली राजदूतावासमार्फत घटनाबारे औपचारिक जानकारी गराएको हो। परिस्थिति सहज भएपछि श्रेष्ठको शव स्वदेश फिर्ता पठाइने नेपाली दूतावासले जनाएको छ।









