निर्वाचन सामग्री बोकेको गाडी दुर्घटना : घाइतेलाई सेनाको हेलिकप्टरबाट उद्धार

वीरगंज , १८ फागुन –

निर्वाचन सामग्री तथा निर्वाचनमा खटिएका कर्मचारी बोकेको जिप रामेछाप जिल्लाको रामेछाप नगरपालिका–२ सिरुबारीमा दुर्घटना हुँदा गम्भीर घाइते भएका ७ जनालाई नेपाली सेनाको हवाई साधनमार्फत काठमाडौँ ल्याइएको छ।

नेपाली सेनाका अनुसार दुर्घटनामा गम्भीर घाइते भएकाहरूको अवस्थालाई मध्यनजर गर्दै तत्काल उद्धार गरी उपचारका लागि काठमाडौँ पठाइएको हो।

दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी रहेको सेनाले जनाएको छ। घाइतेहरूको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

सम्बन्धित पोस्टहरुः