पर्सामा भारतीय नम्बर प्लेटका २० मोटरसाइकल नियन्त्रणमा, चुनाव लक्षित कडाइ

वीरगंज , २० फागुन –

निर्वाचनको सन्दर्भमा पर्सा जिल्लामा सुरक्षा व्यवस्था कडा पार्दै प्रहरीले भारतीय नम्बर प्लेटका २० वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय पोखरियाका अनुसार बिहीबार मध्यराति १२:०० बजेसम्म भारतीय नम्बर प्लेटका सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरिएको थियो। उक्त निर्णय उल्लंघन गर्दै सञ्चालनमा रहेका २० मोटरसाइकल नियन्त्रणमा लिएर कार्यालयमा राखिएको जनाएको छ।

चुनावलाई लक्षित गर्दै जिल्लाभर सवारी साधन चेकजाँच तथा निगरानी तीव्र बनाइएको प्रहरीले जनाएको छ। कार्यालयका इन्चार्ज प्रहरी निरीक्षक प्रदीप पौडेलले निर्णयको पूर्ण पालना गराउन विशेष अभियान सञ्चालन गरिएको र उल्लंघन गर्ने सवारी साधनमाथि आवश्यक कानुनी कारबाही अगाडि बढाइने बताए।

प्रहरीले सर्वसाधारणलाई प्रशासनिक निर्णयको सम्मान गर्दै तोकिएको अवधिसम्म भारतीय नम्बर प्लेटका सवारी साधन प्रयोग नगर्न आग्रह गरेको छ।

सम्बन्धित पोस्टहरुः