वीरगंजमा कडा सुरक्षाबीच होली मनाइँदै , भोलिको निर्वाचन लक्षित उच्च सतर्कता

वीरगंज , २० फागुन –

वीरगंजमा आज कडा सुरक्षाबीच रङहरूको पर्व होली मनाइँदै छ। स्थानीय प्रशासनले शान्ति–सुरक्षा कायम राख्दै मर्यादित रूपमा पर्व सम्पन्न गराउने लक्ष्यअनुसार सुरक्षा व्यवस्था कडा पारिएको जनाएको छ।

सहरका मुख्य चोक तथा संवेदनशील क्षेत्रमा नेपाल प्रहरी र निर्वाचन सुरक्षामा खटिएका प्रहरी टोलीले सवारी साधन तथा व्यक्तिको चेकजाँच तीव्र पारेका छन्। सशस्त्र प्रहरी बल र नेपाली सेनाले विभिन्न स्थानमा नियमित पेट्रोलिङ गरिरहेका छन्।

भोलि हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई ध्यानमा राख्दै सुरक्षा निगरानी बढाइएको प्रशासन स्रोतले जनाएको छ। कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन सुरक्षा निकाय उच्च सतर्कतामा रहेको बताइएको छ।

सम्बन्धित पोस्टहरुः