वीरगंज, २१ फागुन । पर्सा जिल्लामा मध्यान्ह १२ बजेसम्म २०.४० प्रतिशत मतदान सम्पन्न भएको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी भोलाप्रसाद दाहालका अनुसार पर्सा जिल्लाको चारवटै निर्वाचन क्षेत्रमा ३ लाख ७६ हजार ५०० कुल मतदाता छन् ।
निर्वाचन बिहान ७ बजेदेखि शुरु भएको र ५ बजेसम्म मतदान भइरहेको छ ।









