वीरगंज, २१ फागुन। पर्सा निर्वाचन क्षेत्र नं. १ र २ को मतगणना हुने ठाकुर राम बहुमुखी क्याम्पसको पछाडिपटीको भवनको माथिल्लो तल्लामा मतगणना हुने जनाइएको छ।
त्यस्तै पर्सा निर्वाचन क्षेत्र नं. ३ र ४ को पोखरिया जिल्ला उच्चांगल माविमा मतगणनाको तयारी भएको पर्साका मुख्य निर्वाचन अधिकृत गायत्रीप्रसाद रेग्मीले जानकारी गराए।
मतपेटिका मतगणनास्थलमा आइसकेपछि रुजु गर्ने र भण्डारण कक्षमा भण्डारण गरिसकेपछि सर्बदलीय बैठक राख्ने तयारी रहेको उनले बताए। यदि बैठकले आज अबेर राति नै मतगणना गर्ने सहमति गरेरनिर्णय गर्यो भने मतगणना शुरु गर्ने वा शुक्रवार बिहानदेखि मतगणना हुने उनले जानकारी गराए।
ठाकुरराममा मतगणना हुनुभन्दा अगाडि सशस्त्र प्रहरी भन्सार गुल्म वीरगंज मातहतको दुईवटा तालिमप्राप्त कुकुरबाट मतगणना हुने कोठा, भण्डारण कोठा र मतगणना स्थल वरिपरि सूक्ष्म चेकजाँच गरिएको छ। विस्फोटक पदार्थ छ कि छैन भनेर सुरक्षाकर्मीको सो चेकजांच गरेको हो।








