वीरगंज, २१ फागुन। पर्सा जिल्लामा शान्तिपूर्ण निर्वाचन सम्पन्न भएको छ।
बिहान ७ बजेदेखि शुरु भएको मतदान बेलुकी ५ बजे सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
पर्सामा कुल ३ लाख ७३ हजार ५१३ मतदाता रहेकोमा झन्डै ६५ प्रतिशतको हाराहारीमा मत खसेको प्रारम्भिक अनुमान गरिएको पर्साका मुख्य निर्वाचन अधिकृत गायत्रीप्रसाद रेग्मीले जानकारी गराए।
घण्टाघर टिभी डटकमसँग कुराकानी गर्दै उनले पर्साको कुल मतदानको संख्या र प्रतिशत केही बेरमा जानकारी गराउने उनले बताए।
पर्सा निर्वाचन क्षेत्र १ नं. क्षेत्रमा ९९ हजार ६३८, २ मा ९५१२०, ३ मा ९६५४२, ४ मा ९५२१३ मतदाताहरु रहेको जनाइएको छ।










