वीरगंज,२२ फागुन
पर्सामा प्रत्यक्षतर्फ ६९ दशमलव २० प्रतिशत मत खसेको तथ्यांक सार्वजनिक भएको छ ।
बिहिबार सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा पर्सा जिल्लामा प्रत्यक्षतर्फ ६९.२० प्रतिशत मतदान भएको तथ्यांक सार्वजनिक भएको जिल्ला निर्वाचन कार्यालय पर्साकी जिल्ला निर्वाचन अधिकारी अनामिका रौनियारले जानकारी गराइन् ।
उनका अनुसार पर्सा – १ मा प्रत्यक्षतर्फ ६१२४७ जनाले मतदान गरेका छन भने पर्सा – २ मा प्रत्यक्षतर्फ ६६०५७ जनाले मतदान गरेका हुन । पर्सा-३ मा कुल ६७५०४ जनाले मतदान गरेका छन् भने पर्सा-४ मा ६५७०२७ जनाले मतदान गरेका छन्।
पर्साको ४ वटै निर्वाचन क्षेत्रमा कुल ३७६५१३ मतदाता रहेकोमा कुल २,६०,५३५ जनाले मतदान गरेको पर्साकी जिल्ला निर्वाचन अधिकारी रौनियारले बताइन् । यो कुल मतदाताको ६९.२० प्रतिशत मत खसेको देखिन्छ। यसपालीको मतदानमा मतदाताहरुको उत्साह जनक सहभागिता भएको देखिएको छ ।








