वीरगंज, २२ फागुन –
प्रतिनिधिसभा निर्वाचनको जारी मतगणनामा नेपाली कांग्रेसअनुकूल परिणाम नदेखिएपछि कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले मतदाताको फैसला स्वीकार्य भएको बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विभिन्न क्षेत्रमा अप्रत्याशित अग्रता लिएपछि शर्माले सामाजिक सञ्जाल ‘एक्स’मार्फत प्रतिक्रिया जनाउँदै मतदाताको निर्णयलाई सम्मान गर्ने बताएका हुन्।
‘बुलेटबाट उदाएको माओवादीलाई स्वागत गरेको संयम दोहोर्यायउँदै ब्यालेटबाट आउँदै गरेको रास्वपालाई स्वागत’, उनले लेखेका छन्, ‘मतदाताको फैसला स्वीकार्य छ।’
शर्माले २०७९ सालको निर्वाचनमै रास्वपाले प्राप्त गरेको सफलताले अहिलेको परिणाम पूर्ण रूपमा अप्रत्यासित नभएको उल्लेख गर्दै देशका मूल मुद्दामा साथ र खबरदारी दुवै जारी रहने बताएका छन्।









