पर्सा–३ मा रास्वपाका रमाकान्त चौरसिया अग्रस्थानमा

वीरगंज २२ फागुन –

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत पर्सा निर्वाचन क्षेत्र नम्बर ३ मा जारी मतगणनाको प्रारम्भिक परिणाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रमाकान्त चौरसिया अग्रस्थानमा रहेका छन्।

हालसम्म गणना गरिएको मतअनुसार चौरसियाले १०५१ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका सुरेन्द्र चौधरीले ७७१ मत पाएका छन् भने नेकपा एमालेका रुपेश पाण्डेले २३८ मत प्राप्त गरेका छन्।

मतगणना कार्य जारी रहेको र आगामी चरणमा थप परिणाम सार्वजनिक हुँदै जाने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

सम्बन्धित पोस्टहरुः