वीरगंज ,२२ फोन –
प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना जारी रहँदा पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हरि पन्त अग्रस्थानमा रहेका छन् ।
अहिलेसम्मको मतगणनाअनुसार रास्वपाका हरि पन्तले १,३६६ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका उम्मेदवार अनिल रुंगटा ९७३ र नेकपा एमालेका प्रदीप यादव ६९९ मतमा रहेका छन् ।
मतगणना प्रक्रिया जारी रहेको छ र थप परिणाम सार्वजनिक हुँदै जाने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।









