पर्सा क्षेत्र नं.१ देखि ४ सम्ममा मतगणना जारी, सबैमा ‘रास्वपा’ अगाडी

वीरगंज , २२ फागुन-

बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना पर्साका चारवटै निर्वाचन क्षेत्रमा जारी छ। अहिलेसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ‘घण्टी’ चुनाव चिह्न सबै क्षेत्रमा अग्रस्थानमा रहेको छ।

पर्सा–१ मा रास्वपा हरि पन्त २,२५१ मत, नेकपा एमाले प्रदीप यादव १,२१८ मत, नेपाली कांग्रेस अनिल रुंगटा १,००१ मत पाएका छन्। पर्सा–२ मा रास्वपा सुशील साह कानु ३,७०९, नेकपा एमाले रिमा कुमारी यादव १,७८७, नेपाली कांग्रेस अजय चौरसिया १,५५४ मतमा छन्। पर्सा–३ मा रास्वपा रमाकान्त चौरसिया २,०३०, नेकपा एमाले रुपेश पाण्डे ४८९, कांग्रेस सुरेन्द्र चौधरी १,०८८ मतमा छन्। पर्सा–४ मा रास्वपा टेकबहादुर साक्य १,४००, एमाले जालिम मियाँ ३५१, कांग्रेस रमेश रिजाल ६०० मतमा रहेका छन्।

मतगणना अझै जारी छ र थप परिणाम आउन बाँकी रहेको निर्वाचन अधिकृत कार्यालयले जनाएको छ।

सम्बन्धित पोस्टहरुः