वीरगंज , २३ फागुन –
फागुन २१ गते बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत पर्सा क्षेत्र नम्बर १ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार हरि पन्तले अग्रता कायम राखेका छन्।
हिजोदेखि सुरु भएको मतगणनाको प्रारम्भिक चरणदेखि नै अग्रस्थानमा रहेका पन्तले ४३ हजार १ सय १५ मत गणना हुँदा १९ हजार २ सय ९३ मत प्राप्त गरेका छन्।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रदीप यादवले ९ हजार २ सय ४ मत प्राप्त गर्दै पछ्याइरहेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार अनिल रुंगटा ८ हजार १ सय १६ मतसहित तेस्रो स्थानमा रहेका छन्।
उक्त क्षेत्रमा मतगणना कार्य जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।








