वीरगंज , २३ फागुन –
फागुन २१ गते बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत पर्सा क्षेत्र नम्बर ३ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रमाकान्त चौरसियाले अग्रता कायम राखेका छन्।
हिजोदेखि सुरु भएको मतगणनाको प्रारम्भिक चरणदेखि नै अग्रस्थानमा रहेका चौरसियाले अहिलेसम्म १० हजार ८ सय ६८ मत प्राप्त गरेका छन्।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्र चौधरीले ५ हजार १ मत प्राप्त गर्दै पछ्याइरहेका छन् भने नेकपा एमालेका उम्मेदवार रुपेश पाण्डे ३ हजार ८ सय ५७ मतसहित तेस्रो स्थानमा रहेका छन्।
उक्त क्षेत्रमा मतगणना कार्य जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।








