पर्सा–१ र २ मा रास्वपाका उम्मेदवार विजयी

वीरगंज २३ फागुन –

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत पर्सा जिल्लाका दुई निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विजयी भएका छन्। पर्सा क्षेत्र नम्बर १ मा बुद्धि प्रसाद पन्त (हरि पन्त) र क्षेत्र नम्बर २ मा सुशील कुमार कानु विजयी भएका हुन्।

पर्सा–१ मा रास्वपाका उम्मेदवार पन्तले २७ हजार २७४ मत प्राप्त गर्दै जीत हासिल गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रदीप यादवले १२ हजार ३० मत पाएका छन् भने नेपाली कांग्रेसका उम्मेदवार अनिल कुमार रुंगटाले ११ हजार ८ सय ८५ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन्।

यसैगरी पर्सा–२ मा रास्वपाका सुशील कुमार कानुले ३० हजार ७४० मतका साथ् विजय हासिल गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार अजय चौरसियाले ११ हजार ८ सय ९० मत प्राप्त गरेका छन् भने नेकपा एमालेकी उम्मेदवार रिमा कुमारी यादव ११ हजार ६ सय ५ मतसहित तेस्रो स्थानमा रहेकी छन्।

सम्बन्धित पोस्टहरुः